arrow

माध्यमिक तहसम्म निःशुल्क शिक्षाको माग गर्दै नेवीसंघद्वारा आन्दोलन घोषणा

logo
सन्जय भट्टराई
प्रकाशित २०८० जेठ १२ शुक्रबार
1685028460998.jpg

कावासोती । कावासोती नगरपालिकामा माध्यमिक तह सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क हुनु पर्ने व्यवस्था सहित आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याइनु पर्ने माग सहित नेपाल विद्यार्थी सङ्घ कावासोती नगर समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

यस अघि नगरप्रमुख विष्णुप्रसाद भुसाललाई आगामी आर्थिक वर्ष ०८०/८१ देखि नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरेर माध्यमिक तह सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको भए पनि नगर प्रमुख तथा नगरपालिकाले शिक्षा जस्तो संवेदनशील विषय तथा संविधानमा उल्लेख  गरिएको माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुने व्यवस्थालाई समेत चासो नदिएको भन्दै बिहीबार बसेको नेवीसंघ कावासोती नगर समितिको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको नेवीसंघका नगर सभापति कुमार क्षेत्रीले जानकारी दिए ।

नेवीसंघले घोषणा गरेको आन्दोलनका कार्यक्रममा नगरपालिका अगाडि प्ले कार्ड प्रदर्शन, नगरपालिकामा धर्ना, शिक्षा शाखामा तालाबन्दी तथा रिले अनसन रहेका छन् । नेवीसंघले आगामी जेठ १४ गतेबाट आन्दोलनका कार्यक्रम अगाडी बढाउने सभापति क्षेत्रीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ