arrow

सक्कली शरणार्थीको नक्कली काम, फूर्ति बढी [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
teknath-rijal-2080-02-13.jpg

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन मिलेमतो गरेको आरोपमा पक्राउ परेका भुटानी सक्कली शरणार्थीका नेता टेकनाथ रिजालको अहम् हिरासतमा बस्दा पनि घटेको छैन । 

उनलाई शरणार्थीका नेल्शन मण्डेला भनिन्थ्यो । तर तिनै रिजालले नेपालीलाई नक्कली शरणार्थी बनाउनका लागि अवैध कागजात बनाउनमा उनको पनि हात रहेको बयान सार्वजनिक भइसकेको छ । 

आज जिल्ला अदालत काठमाडौंमा बयानका लागि गएका बेलामा सर्वसाधारणले भुटानबाट आएर देश बेच्ने ? भन्दै आक्रोश पोखेपछि तिनै आरोपी रिजाल प्रहरीको भ्यानबाट ओर्लेर स्थानीयमाथि नै रबाफ देखाउन खोजेका थिए । 

स्थानीयमाथि उल्टै फूर्ति लगाएर को देश बेचुवा ? चिन्नु पर्दैन ? भन्दै औंला उठाएपछि सर्वसाधारणले पनि  ‘हाम्रो देश बेचिएको छ। तपाईं भुटानबाट आएर देश बेच्ने। देश बेचेर उल्टै ठूला कुरा गर्ने। हामीले बाटोमा कुरा गर्न नपाइने हो, कुरा गर्ने हाम्रो अधिकार हो ? सडकमा कुरा गरेर बस्दा निहुँ खोज्न आउँदा रहेछन् देश बेचुवा’ भनेर कराएका थिए । 

आजदेखि अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ प्रतिवादीको बयान शुरु भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ