arrow

नक्कली प्रकरणका दोषीलाई कारबाही गर्न खुट्टा नकमाइयोस् – ज्येष्ठ प्राध्यापक समाज

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
nepal-jestha-pradhayapak-samaj.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल ज्येष्ठ प्राध्यापक समाजले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल र नेपालीको गर्विलो इतिहासमा कालो पोत्ने काम भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । 

समाजले प्रेस विज्ञप्ति जारी गर्दै, ‘राष्ट्रघाती तथा देशको शिर निहुरिने काममा संलग्न जोसुकैलाई अनुसन्धानको दायरामा ल्याउने र दोषीलाई दण्डित गर्नका लागि सरोकारवालाहरूले खुट्टा कमाउने छैनन् भन्ने हामीलाई दृढ विश्वास छ’ भनेको छ ।   


अध्यक्ष डा. विमलकुमार शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले उत्तर र दक्षिणतर्फका शरणार्थीहरूलाई प्राचीन समयदेखि नै शरण दिँदै आएको इतिहास छ । तर आज अरूलाई शरण दिने नेपाली नै नक्कली शरणार्थीका रूपमा दर्ज हुनु लाजमर्दो विषय हो । यसबाट आम नेपालीको शिर निहुरिएको छ’ भनेको छ । 

  नेपाल जेष्ठ प्राध्यापक समाज, अनुभवी निवृत्त प्राध्यापकहरू सदस्य भएको संस्था हो । यो देशको थिङ्क ट्याङ्कजस्तै मानिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ