arrow

नक्कली शरणार्थी प्रकरणका सत्रौँ आरोपी पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
crime-final-everytime-use.jpg

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मी महर्जन रहेकी छिन् ।

उनीसहित १७ जनालाई पक्राउ गरिसकिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

उनी घटनाका आरोपी केशव तुलाधरकी श्रीमती हुन् । उनको नामको खातामा पीडितहरुबाट उठाइएको रकम आएको देखिएपछि उनलाई प्रहरीले प्रतिवादी बनाएको थियो ।

प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ । १६ जनाको शुक्रबारदेखि न्यायाधीश समक्ष बयान जारी रहेको छ । 

१३ जना अझै फरार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ