arrow

लरीमा बस ठोक्किँदा दुई जनाको मृत्यु, कम्तीमा २४ जना घाइते

logo
प्रकाशित २०७३ असोज २२ शनिबार
accident-@-.jpg.jpeg
उर्लाबारी । कोसी राजमार्ग अन्तर्गत टङ्किसिनवारीमा रोकिराखिएको लरीमा पछाडिबाट यात्रुवाहक बस ठोकिँदा दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा २४ यात्रु घाइते भएका छन् । 
 
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना४ख ६०८० नंको यात्रुवाहक बस शुक्रबार साँझ टङ्किसिनवारी–५ स्थित सडक किनारमा रोकिराखिएको एमएलओ एल–डी ९६३१ नंको भारतीय लरीको पछाडि ठोकिएको थियो । 
 
दुर्घटनामा परी बसमा सवार सुनसरी चक्रघट्टी–४ की ५६ वर्षीया देविका कार्की र दुहवी–९ का अभिषेक झाको मृत्यु भएको हो । 
 
गम्भीर घाइते उनीहरुको उपचारका क्रममा शनिबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
 
घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका बस र लरीका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ