अर्को आदेश नभएसम्म विराटनगरमा धर्ना, विरोधसभा र र्याली गर्न निषेध
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
944
Shares
तस्बिर – फाइल ।
मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा धर्ना, विरोधसभा र र्याली गर्न निषेध गरेको छ । स्थानीय प्रशासनले आजदेखि अर्को आदेश नभएसम्मका लागि उक्त निषेध जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा कोशी प्रदेश नामकरणप्रति असमत पक्षले विरोधस्वरुप गर्ने धर्ना, जुलुसले नगर क्षेत्रको शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सुरक्षा समितिको निर्णय अनुसार उक्त निषेध जारी गरेको जनाएको छ ।
प्रमख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जारी गर्नुभएको सूचनामा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि-रोडशेष चोक र दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ-डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।