arrow

पेट्रोल पम्पमा आगलागी

logo
प्रकाशित २०७३ असोज २२ शनिबार
fire.jpeg
धनगढी, २२ असोज । कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा शनिबार बिहान आगलागी भएको छ । 
 
बा६७प५०२३ नंको मोटरसाइकलमा पेट्रोल भर्दै गर्दा अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो । 
 
पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालको रहेको बुझिएको छ । बिहान ७ः३० बजे भएको आगलागीबाट मोटरसाइकलका साथै पेट्रोल पम्प जलेर क्षतिग्रस्त भएकोे इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 
 
जलेको मोटरसाइकल सोही ठाउँका टेक कुँवरको रहेको बताइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी छ । 
 
प्रहरी र धनगढी उपमहानगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ