arrow

आइतबार बडादशैंको महाअष्टमी, यस दिन क–कसको र किन पूजा गर्ने ?

logo
प्रकाशित २०७३ असोज २३ आइतबार
Dashian-final.jpeg
काठमाडौं । आइतबार हिन्दूधर्मालम्बीहरूको महान् पर्व बडादशेंको आठौं दिन अष्टमी पर्र्व हो । नवरात्रको आठौं दिनमा महाकालीको विशेष पूजाआजा गरिन्छ । 
 
देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्न ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी(शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकोले पूजा गर्ने चलन छ ।
 
पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । 
 
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।
 
धेरैले यस दिन खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन्  ।  बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । 
 
हिन्दू पद्धति साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् ।
 
भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छन् । 
 
हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध (हतियार) हरू छन् ।
 
 भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ