arrow

संकट दर्शाएर समाधान दिएन – केपी ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
kp-oli-jhapa-5-uml-mp-2079-2022.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् । 

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट दर्शाए पनि समाधान नदिने बताए । 

उनले बजेटले संकट दर्शाएको भए पनि संकटको समाधान केही पनि नदिने प्रतिक्रिया दिए । उनले भने, ‘बजेटले संकट दर्शाउँछ तर संकटको समाधान केही पनि दिदैन ।’

ओलीले सरकारले ल्याएको बजेटको बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ