arrow

केपी ओली बिमार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
kp-oli-meeting-81-01-08.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ्य भएका हुन् । 

उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखा, खोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका छन् ।

अध्यक्ष ओली अस्वस्थ्य भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । प्रतिनिधि परिषद्को आइतबारको बैठकमा शनिबार पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।

प्रतिवेदनमाथिको छलफल सकिएसँगै आइतबारै प्रतिनिधि परिषद्को बैठक सकिनेछ भने सोमबार विशेष कार्यक्रम आयोजना गरिँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ