arrow

विकासको राजनीतिमा लागौँ: सभापति रवीन्द्र अधिकारी

logo
प्रकाशित २०७३ असोज २३ आइतबार
rabindra-adhikari-uml.jpeg
पोखरा। व्यवस्थापिका–संसद् विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले अब पार्टीगत राजनीति त्यागेर विकास र समृद्धको राजनीतिमा लाग्न आग्रह गरेका छन्।
 
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाको १२ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अधिकारीले गणतन्त्र र लोकतन्त्रको संस्थागत विकासका लागि दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए।
 
उनले लेखनाथ र पोखरालाई मिलाएर बृहत् पोखरा बनाउनु पर्ने विचार व्यक्त गरे। संस्थाका अध्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नगर विकास कोषका सुभाष पन्त लगायतका वक्ताले आआफ्नो मन्तव्य राखेका थिए।
 
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हालसम्म लेखनाथका विभिन्न वडामा आठ हजार ५०० उपभोक्तालाई चार ठाउँमा सञ्चालित भूमिगत पानी र विजयपुरको ग्यूजे खोलाबाट ल्याएको स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ