arrow

दसैँमा पूर्वाञ्चलको सुरक्षा कडा

logo
प्रकाशित २०७३ असोज २३ आइतबार
Eastern-d.jpeg
उर्लाबारी । दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको छ । 
 
पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको जानकारी दिए ।
 
चाडपर्वलाई लक्षित गरेर ठाउँ ठाउँमा पिकेट ड्युटी र मोबाइल गस्तीका लागि १० हजार प्रहरी परिचालन गरिएको उनले बताए ।
 
प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण र घटनामा संलग्नको पहिचानका लागि सादा पोसाकका पनि प्रहरी परिचालन गरिएको छ । 
 
विशेष गरेर बैंक वित्तीय संस्था, सार्वजनिकस्थल, सवारीसाधनको चहलपहल बढी स्थान, राजमार्ग, भित्री सडक, जङ्गल क्षेत्र र बजार क्षेत्रमा प्रहरीको निगरानी बढाइएको र सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घन्टा नै निगरानीमा राखिएको छ रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ