arrow

इन्द्रजित, सन्देश र नरेन्द्रको बयान लिन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
District-Court-ktm.jpg.jpeg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन शुरु भएको छ । 

काठमाडौं जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन शुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन शुरु गरिएको बताइएको छ । 

इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उहाँलाई आज बयानका लागि लगिएको हो ।

यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ