arrow

ढुक्क हुनोस, हामी तपाईहरुको सुरक्षा गर्न तयार छौंः एआईजी थापा

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
hot-news-24th.jpeg
काठमाडौ। महानगरिय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर जनताको शान्ति, सुरक्षाको लागि आफूहरुले विशेष कार्यदल नै बनाएर काम गरिरहेको जनाएका छन् । थापाले भने,‘चाडपर्वलाई लक्षित गरेर हामीले विशेष अभियान नै चलाएका छौं, यो वेलामा अपराधिक क्रियाकलाप नहोस् भनेर हामी पूर्ण सचेत छौं ।’ 
 
बजारमा देखिएका कृत्रिम अभाव र मुल्यवृद्धिलाई समेत ध्यानमा राखी आफूहरुले काम गरिरहेको उनको भनाई थियो । यात्रुहरुको गन्तव्यसम्मको सुरक्षित यात्रादेखि अन्य सुरक्षा, चोरी, डकैती, पाकेटमारीबारे समेत प्रहरीले काम गरिरहेको उनले जनाए । उनले अघि थपे,‘चाडपर्वलाई लक्षित गरेर उपत्यकामा मात्रै १२ वटा सहायता कक्ष सञ्चालन गरिरहेका छौं ।’ 
 
एआईजी थापाका अनुसार प्रहरी अहिले सादा पोशाक र सिभीलमै परिचालन गरिएको छ । बजारमा किनमेल गर्न जाँदा नगद रुपैयाँ बोकेर जाँदा चोरी हुने अथवा लुटिने घट्नाहरु बढि घटेकोले यसप्रति प्रहरीले विशेष निगरानी बढाएको समेत उनले विश्वास दिलाए । आफूलाई कसैले दुव्र्यवहार वा अपराधिक काम गरेको महशुस भए तुरुन्त प्रहरीलाई खबर गर्न समेत थापाले आग्रह गरे । उनले भने,‘हामीलाई खबर गर्नुहोस्, हामी पाँच मिनेटभित्रै आईपूग्छौं ।’
 
दशैंको लागि घर जाने यात्रूहरुलाई चर्को भाडा लिईएकोबारेमा समेत प्रहरीले विशेष निगरानीका साथ काम गरिरहेको एआईजी थापाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म २ हजार यात्रुहरुलाई लिईएको बढि भाडाबाट १० लाख रुपैयाँ प्रहरीको सहायताबाट फिर्ता भएको छ । उनले अरुलाई असुरक्षित हुनेगरि कुनै पनि क्रियाकलाप समेत नगर्न आग्रह गरे । 
 
यस्तो छ मुटुरोग विशेषज्ञको दशैं टिप्स  
कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल भट्टराईले चाडपर्वको बेलामा खानपिनमा ध्यान दिनुपर्ने बताए । उनले चाडपर्वमा विशेषगरि आहार विहारमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । 
डा. भट्टराईले भने,‘चाडपर्वमा पनि ईमर्जेन्सी केसेसहरु आउँछन्, हार्ट अट्याकका विरामीहरु बढिरहेका छन् ।’ उनले खानामा मात्रा र परिकारभन्दापनि गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राखे । भट्टराईले थपे,‘ अहिले खानामा क्वालिटी नियन्त्रण छैन ।’ उनले स्वस्थकर मासु तथा अन्य परिकारहरु खानुपर्ने टिप्स समेत दिए । 
 
उनले विश्व स्वास्थ्य संगठनले समेत एक चिया चम्चाात्रै नुन सेवन गर्नुपर्ने भएकाले सकेसम्म नून कम सेवन गर्न समेत सुझाव दिए । त्यस्तै उनले चाडपर्वमा पनि मासु लगायत अन्य चिल्लो परिकारसँगै अल्कोहल तथा धुम्रपान सेवन पनि ह्वात्तै बढेकोले यो रोक्नुपर्ने सल्लाह दिए । 
उनले अघि थपे,‘अहिले ९० प्रतिशत मुटु रोगको समस्या अल्कोहल सेवन बाट भएको छ ।’ भट्टराईले बदलिँदो जीवनशैलीबारे अरुलाई पनि प्रभाव पार्न सक्नुपर्ने धारणा राखे । उनले स्वस्थ हुनुको लागि नियमति व्यायाम तथा हरियो सागपात लगायतका खानेकुरामा बढि ध्यान दिनुपर्नेमा जोड दिए । 
 
पोषण विज्ञ डा. मनसा ठकुराठीले चाडपर्वमा मिष्ठान्न भोजनका परिकारहरु बढि सेवन गरिने भएकोले स्वास्थ्यलाई फाईदा गर्ने खानेकुराहरुमा बढि ध्यान दिनुपर्ने टिप्स दिएकीछिन् । शरिरलाई फूर्तिलो साथ अघि बढाउन र आलस्य कम गर्ने खानेकुरा सेवनमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो । 
उनले मासुमा रातोभन्दा पनि सेता मासु सेवनमा बढि जोड दिनुपर्ने बताईन् । उनले भनिन्,‘रातो मासुले शरिरमा विकराल निम्त्याउँछ, यसले मधुमेह तथा पेट तथा आन्द्रामा क्यान्सर लाग्ने सम्भावना हुन्छ ।’
उनले खाद्य अनुगमनलाई भनकको रुपमा मात्रै नभएर रनकको रुपमा अघि बढाउनुपर्ने धारणा राखिन् । बजारमा खाद्यवस्तुमा मिसावट पाईएको बताउँदै त्यसलाई रोक्नेगरि अनुगमन गर्नेतिर सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । 
अर्का चिकित्सक डा. शिवजी विक्रम सिलवालले वाँच्नको लागि आहार चाहिएपनि स्वास्थ्यलाई ख्यालमा राखेर आफूलाई फिट हुनेगरि भोजन सेवन गर्नुपर्ने बताए । 
 
उनले चाडपर्वमा चिल्लो खानेकुरा बढि खाने चलन भएकोले सकेसम्म चिल्लो, पिरो र नुनलाई अभ्योईड गर्नुपर्ने टिप्स दिए । त्यस्तै उनका अनुसार खानेकुरामा घिउ, चीनी पनि कम गर्नुपर्ने छ । 
त्यस्तै डा. सिलवालले विहान बेलुका शारिरीक व्यायाम पनि गर्नुपर्ने धारणा राखे । उनले रातो मासु कम सेवन गर्नुपर्ने समेत टिप्स दिए । सकेसम्म कुखुरा र माछा सेवन गर्दा उपयुक्त हुने उनको तर्क छ । 
कार्यक्रममा मौसमविद् बरुण पौडेलले मनशुन सुरु भएकोले दशैंमा छिटपिट वर्षा भएपनि मुसलधारे झरी भने नपर्ने दाबी गरेका छन् । उनले भने,‘यो मनशुन नै भएकोल साँझ विहान छिटपिट वर्षा हुने अन्दाजी छ ।’ 
पौडेलले आजभन्दा भोलि भन्दै विस्तारै मौसम सफा हुने विश्वास व्यक्त गरे । उनले टिकाको दिनमा काटमाडौं उपत्यकामा बादलको टुक्राटुक्री देखिने समेत जनाए । 
 
त्यस्तै कार्यक्रममा आर्युर्वेद चिकित्सक डा. निर्मल भुसालले दशैं शरद ऋतुमा पर्ने भएकोले दशैंका दशवटै दिनहरुको उतिकै महत्व रहेको प्रष्ट्याए । उनले दशैंमा मासुजन्य खानाहरु कम गर्नुपर्ने  र दुधजन्य कुराहरुलाई बढि सेवन गर्दा राम्रो हुने टिप्स दिए । उनले खाना सेवन गरेपछि तातोपानी सेवन गर्न नभुल्न समेत आग्रह गरे । 
 
त्यस्तै उनले आयुर्वेद चिकित्सा शास्त्र अनुसार बलि दिएपनि आफूले सेवन नगर्दा राम्रो हुने तर आँफै नखाएपनि बलि चढाउँदा यसको महत्व नै हुने दाबी गरे । 
 
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले पनि दशैं तिहार लगायतका चाडपर्व नेपालीहरुले मनाउँदै गर्दा आफ्नो स्वास्थ्यलाई विशेष ध्यानमा  राख्नुपर्ने सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ