arrow

आज महानवमी, यसकारण गरिन्छ नवकन्याहरूको पूजा र बलि

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
Dashian-final.jpeg
काठमाडौं । आज हिन्दूधर्मालम्बीहरूको महान् पर्व दशैंको नवौ दिन हो । प्रतिपदाको दिनदेखि नित्य उषाकालमा उठी भिन्दाभिन्दै देवी भगवतीको पूजा आराधना गरी मनाउँदै आईएको नवरात्रिकोे नवौं दिन विशेष गरी सिद्धिद्धात्री देवीको पूजाआजा गरिन्छ ।
 
यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । 
 
काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् ।
 
विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून् । 
 
सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतिक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । 
 
यी प्रतिनिधि पात्रहरूको प्रवृत्ति अनुरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ ।
 
त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर कालान्तरमा मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ