arrow

आठसय बढी राँगा र बोकाको बलि

logo
प्रकाशित २०७३ असोज २४ सोमबार
bali.jpeg
बैतडी । बैतडीको देहीमाडौँ निंगलाशैनी भगवती मन्दिर र मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा गरी आइतबार दशैँको महाअष्टमीका दिन ८०० भन्दा बढी राँगा तथा बोकाको बलि दिइएको छ । 
 
तीन सय ८२ राँगा र ४३२ बोका गरी ८१४ राँगाबोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 
यस्तै, आज महानवमीका दिन पाटनमा रहेको उदयदेव मन्दिर र तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरमा पनि राँगा बोकाको बलि दिइने स्थानीय लोकेश साउदले बताए ।
 
दार्चुलाको धुलीगडामा रहेको दुर्गाभवानी मन्दिरमा राँगाको बलि नदिने र बोकाको बलिमात्र दिने गरेकाले आइतबार करिब १५ बोकाको बलि दिइएको त्यहाँबाट दलजितसिंह धामीले जानकारी दिए ।
 
महाष्टमीको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा बलि दिइने गरिन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ