arrow

एक साथ ३८ शाखा सञ्चालनमा ल्यायो नबिल बैंकले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
nabil-pradip.JPG

काठमाडौं । नबिल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । 

बैंकले नबिल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिरहेको छ । 

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरु प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए । 

उनले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहेको बताए । उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकहरुको शाखाहरु एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए । 

उनले डिजिटल प्रविधिको कारणले बैंकहरुको धेरै शाखा भए पनि कम कर्मचारी भएपनि शाखा सञ्चालन गर्न सकिएको बताए । उनले सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने बताए । 

अध्यक्ष पौडेलले अब बैंकिङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए । उनले अबको बैंकिङ आफ्नो लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले बैंकका निक्षेपकर्ताहरुले आफूले बैंकमा राखेको पैसा के मा लगानी लगाईको छ भनेर जानकारी दिनु पर्ने बेला आएको बताए । 

बैंक ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । 

त्यस्तै कोशी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ