arrow

बलात्कार आरोपको मुद्दा खेपिरहेका सन्दीप जान पाउलान् त विदेश ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
sandeep-lamichhane-100-wkt.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपको मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको विश्वकप छनोटमा सहभागीता बारेको निर्णय आज आउने भएको छ । 

नेपाल क्रिकेट संघका अनुसार सन्दीपको विश्वकप छनोटमा सहभागीता हुने नहुने भन्नेबारे आज अदालतबाट निर्णय आउने भएको हो । 

आईसीसी एक दिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली गत मंगलबार दक्षिण अफ्रिकामा गएको थियो । तर सन्दीप भने साथमा गएका थिएनन् । 

सन्दीपमाथि गत वर्षको भदौ २१ गते नाबालिग बलात्कारको उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनी विदेशमा भएका कारण असोज २१ गतेमात्र फर्केका थिए । 

त्यसलगत्तै पक्राउ परेका सन्दीपलाई जिल्ला अदालतले कार्तिक १८ गते जेलमा रहेर मुद्दाको छिनोफानो गर्ने निर्णय सुनाएको थियो । तर सन्दीपले उच्च अदालत पाटनमा मुद्दा हालेपछि पुस २८ गते २० लाख रुपैयाँ धरौटी दिएर छुटेका थिए । 

त्यतिबेला उनलाई विदेश जान मनाही गरेको भए पनि सर्वोच्च अदालतले भने पछि छुट दिएको थियो । जसका कारण उनी यूएई गएर विश्वकप लिग २ खेलेका थिए । 

नेपालले विश्वकप छनोटमा सिधै छानिने अवसरमात्र पाएको छैन । एक दिवसीय वरीयता पनि जोगाएको छ । त्यस्तै प्रिमियर कप जितेर टिम एसिया कपमा छनोटसमेत भएको छ । 

यस्तो छ नेपाली टिमको यात्रा

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका गएको हो । नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छ । नेपाली टिम त्यताबाटै जिम्बावे जाने छ । 

जिम्बावेमा असार ३ गते अर्थात् जुन १८ तारिखमा आयोजना हुने  विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । 

समूह बी मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन् । 

समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । आ–आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । 

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने विश्वकपमा छनोट हुनेछन् ।

विश्वकपमा १० राष्ट्र सहभागी हुनेछन् । विश्वकप सुपर लिगको शीर्ष ८ मा रही विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्यूजिल्यान्ड, बंगलादेश, इङ्गल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ