arrow

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका

logo
प्रकाशित २०७३ असोज २५ मंगलबार
president-vidaya-bhandari-tika.jpeg
काठमाडौँ। बडादसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइ दिएकछि छिन्।
 
दिउँसो २:०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरुप अहिले राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहररुलामबद्ध भएका छन् ।
 
राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि टीका लगाइन।
 
राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए।
 
उनका अनुसार टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म कार्यक्रम जारी रहनेछ।
 
यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गरेकिथिन्। राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिकि थिन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ