प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : मन्त्री रिजाल
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
591
Shares
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक भएको बताएका छन्।
उनले वर्तमान सरकार मुलुकको विकासका लागि सम्भावित सबै क्षेत्रलाई चलायमान बनाउन चाहेको उल्लेख गर्दै गरिखानेलाई सरकारले सबै प्रकारका समस्याको समाधान तथा सहयोग गर्नका लागि तयार भएको र त्यसअनुसारको नीति तथा कार्यक्रम ल्याएको बताए ।
उद्योगमन्त्री रिजालले मुलुकको समृद्धि र विकासका लागि औद्योगिक विकास आवश्यक भएकोमा जोड दिँदै सरकारको काम आफैँले उद्योग चलाउने नभई निजी क्षेत्रलाई उद्योग र व्यापार गर्नका लागि प्रोत्साहन गर्ने भएको बताए ।