arrow

लोकन्थली दुर्घटनामा एकको मृत्यु

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
accident-final.jpeg
भक्तपुुर। भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 
 
आज विहान करिब १ः३० बजे बा २२ प ६०६९ नंको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौँ–३५ काँडाघारी घर भई कपन बस्ने २५ वर्षीय युकेश श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । 
 
भक्तपुरमा साथीको भान्जीको जन्मदिनको पार्टी मनाएर फर्कंदै गर्दा राति तीव्रगतिमा आएको मोटरसाइकल मनोहरा पुलको बारमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । मृतकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ