arrow

भिरबाट लडेर गर्भवतीको मृत्यु

logo
प्रकाशित २०७३ असोज २७ बिहिबार
baitadi.png
बैतडी । भिरबाट लडेर दार्चुलाको धुलिगाडामा एक गर्भवतीको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा धुलिगाडा–७ रैचुका करन ठगुन्नाकी २८ वर्षीया श्रीमती कमला ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । 
 
महिलाको घर नजिकै रहेको भिरमा खर काट्ने क्रममा बुधबार लडेर मृत्यु भएको हो । 
 
प्रहरीलाई ढिलो खबर गरेको र प्रहरी टोली घटनास्थलतर्फ गएको जिप्रकाले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ