arrow

यसो गरे यो मुलुक बनाउन धेरै वर्ष लाग्दैन : सुनील शर्मा (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
sunil-sharma-congress-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले गरिबी निवारणका लागि सदनमा दैनिक बहस हुनुपर्ने बताएका छन् । बिहीबारको  प्रतिनिधि सभामा बोल्दै उनले दैनिक गरिबी निवारणका विषयमा सदनमा सेसन राखे मुलुक बनाउन धेरै वर्ष नलाग्ने बताएका छन् । 

उनले भने,'  हरेक दिन एक दुई घण्टा कसरी गरिबी निवारण गर्न सकिन्छ, कसरी मजदुरीका निम्ति अरब जाने क्रममा रोकेर विश्ववरमा पनि हाम्रा दाजुभाइ दिदी बहिनीलाई शिक्षित बनाएर पठाउन सकिन्छ भन्नेतिर हामीले दैनिक रूपमा सेसन राख्ने हो भने यो मुलुक बनाउन धेरै वर्ष लाग्दैन ।' 

उनले सदनमा होहल्ला कारण पनि आफूले पत्ता लगाएको बताए । उनले ठुला मानिसले जे काम गर्छन् साना मानिसले त्यसको सिको गर्ने भन्दै भने,' अस्ति यो सदनमा होहल्ला भएको छ । घरमा पुगेर राति सोचे हामी सबैलाई देशले जनताले पत्याएको मत हालेर पठाएको अनि यो स्टेजमा अथवा यो सदनभित्र किन यो नेगेटिभ भाइभ छ र यसको बारेमा शास्त्रले के भन्दो रहेछ भनेर मैले हेरे । भागवत गीतको अध्याय ३ को २२ श्लोकले के भन्दो रहेछ भने  ठुला मानिसले जे काम गर्छन् साना मानिसले  त्यसैको अनुसरण गर्छन् । ठुलो मानिसले जस्तो काम गरे अनुकरणीय स्थापित गर्दछन् । सारा संसारले तीनै कुराको अनुसरण गर्नुपर्दछ र गर्छन् ।'

उनले सदनमा भएको घटनाले बाहिर राम्रो सुन्दै नगएको बताए । उनले सकारात्मक बिचारले मात्र सदनलाई माथि उठाउने सुनाए । उनले भने,' खप्तड स्वामीका अनुसार पोजेटिभ बिचारकारका कणहरूले नेगेटिभ विचारका कणहरूलाई रिप्लेस गर्छ भन्ने रहेछ ।  र मैले सबै पक्ष प्रतिपक्ष सबै साथीहरूलाई हाम्रा अग्रजहरूलाई मेरो आग्रह के छ भने नियत हामी सबैको स्वच्छ होला हामी सबै मुलुकको समृद्धि विकास र गरिबी निवारणलाई नै केन्द्रमा हृदयमा राखेका होलाउ । तर हाम्रो प्रस्तुतिले आम जनमानसमा त्यो म्यासेज दिएन त्यसैले हामी सबैले करेक्सन गरेर पोजेटिभ भाइभ आउने गरि यो सदनमा चलाउन पाए हुन्थ्यो ।' 



नयाँ