arrow

चीन गए राष्ट्रियसभा अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
ganesh-timalsina-1618750727.jpg

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चीन गएका छन् ।  तिमिल्सिना औपचारिक भ्रमणका लागि नौ सदस्यीय प्रतिनिधिमण्डलसहित शनिबार राति चीन गएका हुन् ।  अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन-तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुनेछन् । 

कार्यक्रममा सहभागी हुनुअघि प्रतिनिधिमण्डलले बेइजिङ र साङ्घाई भ्रमण गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा अध्यक्ष तिमिल्सिनाले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । 
भ्रमणमा बेइजिङमा विभिन्न स्थालको अवलोकन गर्ने कार्यक्रम छ । उनी औपचारिक भ्रमण सम्पन्न गरी असार ६ गते नेपाल फर्कने कार्यक्रम छ ।

उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै छन् । उनको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी प्रतिनिधिमण्डलमा सहभागी छन् । यस्तै उनका प्रमुख स्वकीयसचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ