arrow

पोर्चुगलका पूर्व प्रधानमन्त्री टेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिवमा नियुक्त

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
UN-General-Seceratary.jpeg
संयुक्त राष्ट्रसङ्घ (अमेरिका)। संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ।
 
वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नु हुनेछ।
 
बिहीबार महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उहाँ राष्ट्रसङ्घको महासचिवमा औपचारिक रुपमा छानिनुभएको हो।
 
गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधार कार्यमा उल्लेखनीय कार्य गरेका छन्। रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ