arrow

विश्वकप छनोट महिला क्रिकेटः नेपाल र थाइल्याण्ड मैदानमा

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
Nepali-women-cricket-teaam.jpeg
वोङनाइ । हङकङमा जारी विश्वकप छनोट एसियाली क्षेत्रको महिला क्रिकेट छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले थाइल्याण्डसंग खेलिरहेको छ । 
 
हङकङको वोङनाइ मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालले सुरुवातमै विकेट गुमाएर कमजोर सुरुवात गरेको छ । 
 
अर्को चरणको प्रवेश सम्भावनालाई कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । 
 
यसअघि भएका चार खेलमा नेपालले दुईमा जित र दुईमा हार बेहोरेको थियो । 
 
नेपालले पहिलो चरणमा  थाइल्याण्डसंग पराजय बेहोरेको थियो । 
 
तर बिहीबारको खेलमा आयोजक हङकङलाई हराएपछि नेपालको मनोवल बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ