सात सय पचपन्न वर्षपछि बेलायतमा पहिलो महिला प्रधानन्यायाधीश
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । यसपटक बेलायतको न्यायिक प्रणालीको कमाण्ड महिला प्रधानन्यायाधीशको हातमा हुने भएको छ । बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो ।
यसअघि प्रधानन्यायाधीश कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् । मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चिफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतकी न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतकी वरिष्ठ न्यायाधीश हुन् ।
दुई उम्मेदवारमध्ये एक बेलायतको लर्ड प्रधानन्यायाधीश बन्नेछन् । आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधानन्यायाधीशको उपाधि सधै पुरुषकै हातमा रहेको छ ।
प्रधानन्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो । अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन् ।
अहिले भिक्टोरिया शार्प यो पदका लागि अग्रपंक्तिमा छिन् । उनका जुम्ल्याहा भाइ पूर्व गोल्डम्यान साक्स फाइनान्सर रिचर्ड शार्प हुन् । बोरिस जोनसनसँगको विवादपछि उनले गत महिना बीबीसीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।