arrow

राम्रो खेल्दाखेल्दै नेपाल थाइल्याण्डसंग पराजित, करुणाको ४ विकेट खेर

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
Nepali-women-cricket-teaam.jpeg
वोङनाइ । हङकङमा जारी विश्वकप छनोट एसियाली क्षेत्रको महिला क्रिकेट छनोटमा नेपाल उत्कृष्ट प्रदर्शन गरे पनि थाइल्याण्डसंग एक विकेटले पराजित भएको छ । 
 
विजयका लागि १०९ रनको चुनौती पछ्याएको थाइल्याण्डले ८ बल खेल्न बाँकी छँदै ९ विकेट गुमाएर सकाएको हो । 
 
नेपालका लागि करुणा भण्डारीले उत्कृष्ट बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए पनि टिमलाई जिताउन सकिनन् । 
 
त्यस्तै सीता राना मगर र रुबिना क्षेत्रीले २ तथा निर्मलाकुमारी शाहीले १ विकेट लिइन्  । रुबिनाले पहिलो ओभरमै १९ रन दिएपछि भने थाइल्याण्ड चम्केको थियो ।
 
तर मध्यक्रमको ब्याटिङ ध्वस्त पार्ने क्रममा ६२ रन जोड्दा थाइल्याण्डले ७ विकेट गुमाइसकेको थियो । 
 
एकाएक थाइल्याण्डलाई बलरले जिताएका हुन् ।  
 
यसअघि जारी प्रतियोगितामा व्यक्तिगत पहिलो पटक सर्वाधिक रन जोड्ने क्रममा नेपालले सुधारोन्मुख ब्याटिङ गरेको थियो । नेपालले ४ विकेटको क्षतिमा १०८ रन बनायो । 
 
 
नेपाली खेलाडीहरु धेरैजसो ब्याटिङमा चम्किए । पूर्व कप्तान नेरी थापाले २५ बलमा  अविजित रहँदै ३२ रन जोडिन् ।  
 
त्यसैगरी इन्दु बर्माले ३६ बलमा २६, निर्मला कुमारी शाहीले २० बलमा २०, ज्योति पाण्डेले २६ बलमा १३ तथा कप्तान रुबिना क्षेत्रीले ६ बलमा अविजित रहँदै इनिङको एकमात्र छक्काको मद्धतले १० रन जोडिन् । 
 
रोशनी बोहरालेमात्र बिसर्नलायक खेल्दै ८ बलमा २ रन बनाइन् । 
 
यो हारले भने नेपालको अर्को चरणको प्रवेश सम्भावना लगभग सकिएको छ । 
 
यसअघि भएका चार खेलमा नेपालले दुईमा जित र दुईमा हार बेहोरेको थियो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ