arrow

पहाड चढ्दै फुटबल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
football-in-mountain-palpa.jpg

पाल्पा । भर्खरै मात्र पाल्पाको तानसेनमा पहिलो कर्णेल उजिरसिंह पाल्पा गोल्डकप फुटबलको आयोजना भयो । तानसेनको टुडिखेलमा एक मात्र खेल मैदानमा यो गोल्डकप खेलाइयो । 

गोल्डकप प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । पाल्पामा झन्डै ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता भएको छ ।

२०४७ सालसम्म ‘मणिमुकुन्द कप’ र ‘करुवा कप’ ले चर्चित पाल्पामा त्यसपछि भने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन सकेको थिएन । यसपटक भने पाल्पा जिल्ला फुटबल संघले तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजीरसिंह थापाको सम्झनामा ‘पाल्पा गोल्डकप २०८०’ को आयोजना भयो। 

त्यही गोल्डकप हेर्न दर्शकहरु तानसेनबाट मात्र हैन छिमेकी जिल्लाहरुबाट पनि घुइचो लागेको थियो । धेरै समयपछि भएको यो खेलले गर्दा खाली देखिने टुडिखेल मैदानको स्वरुप नै फेरिएको देखियो । 

जेठ २७ मा भएको यो गोल्डकपको फाइनल हेर्न दर्शकको भीड लागेको थियो । यसरी भीड धेरैपछि देखियो भन्छन् स्थानीय । करिब ४–५ हजारको हाराहारीमा दर्शकहरु फाइनल हेर्न आएका थिए । 

जेठ १२ देखि शुरु भएको प्रतियोगिता २७ गते सेन्ट्रल कलेज रोड्स चितवन र होराइजन फुटबल क्लब वालिङ स्याङ्जाबीच फाइनल खेल भएर चितवनले उपाधि लगेको थियो ।

यसपालि पाल्पामा देखिएको यो दर्शकको माहोलले भने फुटबल पहाडमा पनि चढेको संकेत गर्छ । 

तस्बिर– नेपाल फोटो लाइब्रेरी 

IMG_5787.jpg
IMG_5767.jpg
IMG_5788.jpg
IMG_5765.jpg
IMG_5763.jpg
IMG_5764.jpg
IMG_5762.jpg
IMG_5766.jpg
IMG_5761.jpg
IMG_5759.jpg
IMG_5760.jpg
IMG_5758.jpg
IMG_5757.jpg
IMG_5755.jpg
IMG_5756.jpg
5BEF5E33-4A71-41A1-A7FA-D9B35A366849.png


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ