काठमाडौं । इलामको माइखोलामा ४० जना भन्दा बढी यात्रु बोकेको ढुंगा पल्टीँदा एक जनाको मृत्यु भएको छ भने कैंयौंँ संख्यामा यात्रुहरू हराईरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामले दिएको जानकारी अनुसार एक जनाको मृत्यु भएको छ भने कैंयौंको संख्यामा यात्रुहरू हराईरहेका छन् । कार्यालयका प्रमुख एसपी सुशील कुमार यादवले १८ जना यात्रुको सकुशल उद्दार गरिएको पुष्टि गरे ।
‘एकजनाको निधन भएको छ ।’ उनले भने ‘१७÷१८ जनाको प्रहरीले सकुशल उद्दार गरिएको जनाकारी प्राप्त भएको छ । कतिको संख्यामा हराईरहेका छन् चन्ने अझै यकीन भईसकेको छैन ।’
उद्दारको लागि थप प्रहरी घटनास्थल तर्फ लागेको पनि यादवले जानकारी दिए ।
स्थानीयका अनुसार पुल पनि नरहेको र खोला तर्नको लागि सधैंभरी ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता रहेको उक्त स्थानमा अहिले पुल बन्ने काम भईरहको छ । तर यो पुल समयमा नै बन्न नसक्दा यात्रुहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् ।