arrow

माईखोला दूर्घटना : ५ जनाको ज्यान गयो, कति बेपत्ता छन् अझै पत्तो छैन

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
Ilam-(Nepali)-Revised.jpg.jpeg
काठमाडौं । इलामको माइखोलामा भएको डुंगा दूर्घटनामा अहिलेसम्म ५ जनाको ज्यान भएको छ । ४० जना भन्दा बढी यात्रु बोकेको आशंका गरिएको उक्त डुंगा पल्टीँदा एक जना बालक सहित दुई पुरूष र दुई जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 
 
कार्यालयले दिएको जानकारी अनुसार कैंयौंको संख्यामा यात्रुहरू हराईरहेका छन् तर कति संख्यामा यात्रु हराईरहेका छन् भन्ने यकीन भएको छैन । अहिलेसम्म ३१ जनाको उघार गरिएको पनि कार्यालयका प्रमुख एसपी सुशील कुमार यादवले जानकारी दिए ।
 
‘कतिको संख्यामा हराईरहेका छन् चन्ने अझै यकीन भईसकेको छैन ।’ उद्दारको लागि थप प्रहरी स्थानीय र नेपाली सेना समेत घटनास्थल तर्फ लागेको पनि यादवले जानकारी दिए । 
 
स्थानीयका अनुसार पुल पनि नरहेको र खोला तर्नको लागि सधैंभरी ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता रहेको उक्त स्थानमा अहिले पुल बन्ने काम भईरहको छ । तर यो पुल समयमा नै बन्न नसक्दा यात्रुहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ