arrow

सरकार मौन बसे विद्यार्थी आन्दोलन नरोकिने [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
nsu-baneshwor-andolan (1).jpg

काठमाडौँ । नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐन पारित गर्न दबाब दिँदै प्रदर्शन गरेको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा उनीहरूले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

नेपाल  विद्यार्थी संघ आबद्ध त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका विद्यार्थीले आन्दोलन गरेका हुन् । 

उनीहरुले उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका विभिन्न शिक्षा सम्बन्धी ऐनहरु पारित हुन संसद्मा नलाईदा समग्र विश्वविद्यालय क्याम्पस तथा विद्यलयहरूमा शिक्षाको लागि आवश्यक नीतिगत निर्णय नभएर  शिक्षा क्षेत्र पछाडि परेको, लामो समयदेखि मस्यौदामा सीमित भएका ‘उच्च शिक्षा ऐन’ संघीय शिक्षा ऐनू  लगायतका ऐन लाई संसद्मा प्रस्तुत गर्न र संसदीय शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारित गर्न बाटोमा लागि मार्गप्रशस्त गर्न सरकार र शिक्षा मन्त्री समक्ष माग गरेका छन् । 

त्यस्तै  शिक्षामा नीतिगत निर्णयमार्फत परिवर्तनको बाटोमा लानु आवश्यक भएकोमा जोड दिएका छन् । 

उनीहरुले शिक्षा जस्तो संवेदनशील  र अतिआवश्यक  विषयमा नीति बनाउने ठाउँमा बसेर मस्यौदासमेत संसद्मा प्रस्तुत नगर्नु गैरजिम्मेवारपूर्ण र सम्पूर्ण विद्यार्थीको अहितमा रहेको भन्दै सरकार मौन बसे विद्यार्थी आन्दोलन नरोकिने बताएका छन् । 

nsu-baneshwor-andolan (2).jpg
nsu-baneshwor-andolan (3).jpg
nsu-baneshwor-andolan (4).jpg
nsu-baneshwor-andolan (5).jpg
nsu-baneshwor-andolan (6).jpg
nsu-baneshwor-andolan (7).jpg
nsu-baneshwor-andolan (8).jpg
nsu-baneshwor-andolan (9).jpg
nsu-baneshwor-andolan (10).jpg
nsu-baneshwor-andolan (11).jpg
nsu-baneshwor-andolan (12).jpg
nsu-baneshwor-andolan (13).jpg
nsu-baneshwor-andolan (14).jpg
nsu-baneshwor-andolan (15).jpg
nsu-baneshwor-andolan (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ