arrow

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भव्य बनाउन यस्तो जिम्मेवारी

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
pranab-mukherjee.jpeg
काठमाडौँ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिइने भएको छ ।
 
परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र सरसफाइका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायतलाई जिम्मेवारी दिएको छ । 
 
भारतीय राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ गतेसम्म नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ ।
 
 सो भ्रमण भव्य, सभ्य र व्यवस्थित गर्नका लागि आजको बैठक बोलाइएको बताइएको छ । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौँ, पोखरा र जनकपुर जाने कार्यक्रमसमेत तय भइसकेको छ । 
 
बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ