arrow

संविधान कार्यान्वयन हुन नदिन अदृश्य खेल शुरुः नेता रायमाझी

logo
रामकुमार क्षेत्री,
प्रकाशित २०७३ असोज २९ शनिबार
top.jpg.jpeg
अर्घाखाँची। संविधान कार्यान्वयन हुन नदिन मुलुकभित्र अदृश्य शक्तिले  खेल खेल्न थालेको आशंका देखिन थालेकोले अब संविधान कार्यान्वयन गर्ने दिशामा जिम्बेवार दलहरु  सचेतताका साथ अघि बढनुपर्ने यहा आयोजित एक कार्यकममा बताईएको छ।  
 
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा पूर्ब उपप्रधान मन्त्री टोपबहादुर रायमाझीले उक्त आशंका जताउदै संविधान संशोधनको लागि दुई तिहाई मत चाहिने भएकोले कम्तीमा पनि प्रमुख दलहरुवीच सहमति अनिवार्य आवश्यक रहेको बताए। 
 
सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधान मन्त्री तथा माओवादी केन्द्रका नेता रायमाझीले भने, अहिलेको गठबन्धनले नेकपा एमालेलाई साथमा लिएर हिडनुपर्नेमा जोड दिदै कुनै पनि हालतमा संविधान कार्यान्वयनतर्फ जुट्नुपर्ने बताए।
 
संघीयताको सवाललाई लिएर अहिले विभिन्न किसिमका विवादजन्य कुराहरु विभिन्न कोणबाट उठाई निर्वाचन हुन नदिन तथा लम्वाउन प्रयास भईरहेकोले ती प्रयास सबै दल मिलेर प्ररास्त गर्नुपर्ने विषयमा उहाँले जोड दिए। यसै सन्दर्भमा जुन प्रदेशमा विवाद थियो तिनै प्रदेशमा उपचारको कुरा नगरी विवादनै नभएको पाँच नम्वर प्रदेशमा विवाद उठाउने काम भएको प्रति उहाँले उक्त आशंका जताएको हो।  
 
‘मधेसी दलहरुले बहुमत जनमतको कदर नगरी आफनो निहित स्वास्थका लागि बखेडा झिकिरहेको हुँदा उनीहरुले पनि आफनो अडान त्याग्नु पर्ने र उनीहरुको,‘सेभ ल्यान्डडिङ्ग दलहरुले पनि हुनसक्ने सम्मको उनीहरुको माग पुरा हुनेगरी छलफलमा जुट्नुपर्ने बताए। 
 
नेता रायमाझिले संबिधान कार्यन्वनको लागि तीन वटा बिकल्प रहेको बताउँदै ‘पहिले सबै दललाई साथमा लिएर संबिधान संसोधन गर्न अधितकम प्रयास गर्ने ,त्यसो नभएमा आन्दोलनरत दलहरु पछाडि हटनु पर्ने यी दुबै बिकल्प पूरा हुन नसकेको खण्डमा संविधान कार्यन्वयनमा जसरी पनि सरकार क्रियात्मक हुनुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ