arrow

सहरी विकास मन्त्री केसी क–कसलाई बोकेर जाँदै छन् इक्वेडर ?

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
arjun-narsingh-kc-smile.jpg.jpeg
काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसी ल्याटिन अमेरिकी मुलुक इक्वेडरको राजधानी क्वेटो प्रस्थान गर्दै छन् । 
 
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री केसी राति करिब सवा ९ बजेपछि  त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । मन्त्री केसी आउँदो कार्तिक १ देखि ४ गते (१७–२० अक्टोबर) सम्म क्वेटोमा हुने हुने बसोबास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसंघीय विश्व सम्मेलन सहभागि हुने कार्यक्रम छ ।
 
केसीको प्रतिनिधिमण्डलमा सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव कमलशाली घिमिरे, सहरी विकास मन्त्रालयका सहसचिव  शिवहरि शर्मा, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, रमेशप्रसाद सिंह, उपमहानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक रवि शाह, उपसचिव सुमन शालिके, मन्त्रीका निजी सचिव माधवप्रसाद शर्मा र राष्ट्रसंघीय नियोगका नेपाल प्रतिनिधी लोकबहादुर पौडेल क्षेत्री छन् । 
 
त्यसका अतिरिक्त सहरी विकास, बसोबास, खानेपानी तथा पूर्वाधार विकासमा कार्यरत निजी क्षेत्रका प्रतिनिधिहरू समेत आफ्नै प्रबन्धमा प्रतिनिधिमण्डलमा सम्मिलित छन् । सन् १९७६ मा क्यानाडाको भान्कुबर सहरमा पहिलो सम्मेलन भएकामा प्रत्येक दुई दशकको अन्तरालमा हुने यो राष्ट्रसंघीय सम्मेलन यसअघि दोस्रोपटक सन् १९९६ मा टर्कीको इस्तान्बुलमा भएको थियो । 
 
उक्त दोस्रो विश्व वसोवास सम्मेलनको नारा ‘सबैका लागि आवास’ भन्ने थियो भने अहिले क्वेटोमा हुन गईरहेको तेस्रो विश्व बसोबास सम्मेलनमा ‘नयाँ सहरी एजेण्डाका साथ  नेपालका लागि समेत २० वर्षे  कार्ययोजना घोषणा हुनेछ ।
 
राष्ट्रसंघका सम्पूर्ण सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा मन्त्रीहरू सहभागि हुने सम्मेलनमा दिगो विकास लक्ष्यमा आधारित एजेण्डाहरूका अतिरिक्त सहरी पूर्वाधार, बसोबास, सुरक्षित खानेपानी, सरसफाई, सहरी कानुन तथा नीतिगत पक्ष, जलवायु परिवर्तन, हरियाली, वातावरण विकास, प्राकृतिक प्रकोप व्यवस्थापन तथा पुनर्निर्माण, नगरपालिकाहरूको वित्तीय व्यवस्था, यातायात तथा गतिशिलता, सहरी संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षण, बसाईँ–सराई तथा सुकुम्वासी समस्या व्यवस्थापन आदि सहरी विकासका एजेण्डाहरुमा छलफल हुनेछ ।
 
सहरी विकास मन्त्री केसीले सम्मेलनको विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयका प्रवक्ता रामचन्द्र दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ