arrow

प्रधानमन्त्री दाहालले भुटानी प्रधानमन्त्री तोब्गेलाई सरणार्थीबारे सोच्न भने

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
tobje-bhet.jpeg
गोवा । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटानी प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । 
 
ब्रिक्स सम्मेलनमा भाग लिन गोवा पुगेका प्रधानमन्त्री दाहालले भुटानी समकक्षी छिरिङ तोब्गेसँगको भेटमा भुटान फर्कन चाहने शरणार्थीको चाहनालाई सम्बोधन गर्न आग्रह गरेका हुन् । 
 
सो अवसरमा प्रधानमन्त्री दाहालले शरणार्थी समस्याको समाधानले दुई देशबीचको सम्बन्धलाई अझ बढी उचाइमा पु¥याउने उल्लेख गर्दै त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री काशशरण महतले जानकारी दिए । 
 
उनका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी सहयोग आदानप्रदान गरी समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने विषयमा वार्ता गरेका थिए ।  
 
त्यसैगरी, प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तोब्गेसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सम्मेलन गर्ने उपयुक्त वातावरण बनाउने सम्बन्धमा पनि छलफल गरे । 
 
उनले सार्कलाई गति दिनका लागि दुई देश मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिए । 
 
साथै, नेपाल, भारत, भुटान र बङ्गलादेशसहितको सार्क उपक्षेत्रीय समूहका मुलुकले ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा मिलेर अगाडि बढ्न र त्यसका लागि साझा धारणा तय गर्ने विषयमा पनि छलफल भएको थियो । 
 
भेटघाटका क्रममा भुटानी प्रधानमन्त्री तोब्गेले द्विपक्षीय हितका विषयमा भुटान सकारात्मक रहेको र शरणार्थीका विषयलाई चाँडो समाधान गर्न पहल गर्ने बताए । 
 
भेटमा परराष्ट्रमन्त्री महत, परराष्ट्र सचिव बैरागी, भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल लगायत उपस्थित थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ