arrow

शशाङ्कले भने–धर्मका विषयमा जनमत सङ्ग्रह गर्नुपर्छ

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
sasanka.jpeg.jpeg
चितवन । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले धर्मका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने बताएका छन् ।  
 
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले तत्कालीन समयमा केही बाध्यताका कारण धर्मनिरपेक्षतामा समर्थन गरेको बताए ।  
 
महामन्त्री कोइरालाले आधिकारिक निर्णय पार्टीले गर्ने भएपनि आफ्नो व्यक्तिगत सुझाव भने जनमत सङ्ग्रहमार्फत धर्मको टुङ्गो लगाउनुपर्ने धारणा राखे ।  
 
माओवादी मूलधारमा आउँदा धर्मनिरपेक्षता हुनुपर्ने उनीहरुको मागका कारण पनि नेपाल धर्मनिरपेक्ष राज्य बनेको भन्दै उहाँले हिन्दू नै हिन्दूको मतले आफू निर्वाचित भएकाले पनि आफू हिन्दूका पक्षमा नरम बनेको बताए । 
धर्मनिरपेक्ष, सापेक्ष र शून्य नहुने भन्दै उनले धर्म स्वतन्त्र हुनुपर्ने बताए । 
 
काँग्रेसको विभिन्न विषयमा आधिकारिक धारणा बनाउन यही कात्तिक ४ गतेदेखि केन्द्रीय समितिको बैठक बस्न लागेको बताउँदै महामन्त्री कोइरालाले भने, ‘केन्द्रीय समितिको बैठकले काँग्रेसले विभिन्न विषयमा ठोस रणनीति तयार गर्छ ।’ केन्द्रीय समितिको बैठकले काँग्रेसलाई पूर्णता दिने कुरामा पनि सहयोग गर्ने भन्दै उनले केन्द्रीय समितिलाई पूर्णता दिँदै विभागहरु बन्नुपर्ने बताए । 
 
फरक प्रसङ्गमा महामन्त्री कोइरालाले तीन तहको निर्वाचनबाट मात्रै संविधान कार्यान्वयन हुने बताए । जसका लागि तीनदल एकै ठाउँमा उभिनुपर्ने र मधेसप्रति काँग्रेसको सद्भाव रहेको उनको भनाई छ ।  
 
२००८ मा बिपी कोइरालाको जनताले संविधान दिनुपर्छ भन्ने सङ्कल्प ६५ वर्षपछि पूरा भएको भन्दै महामन्त्री कोइरालाले संविधान कार्यान्वयनका लागि नेकपा ९एमाले०सहितका दललाई समेट्नुपर्ने बताए । 
 
संविधान कार्यान्वयन नभए मुलुकमा गम्भीर सङ्कट उत्पन्न हुने भन्दै उनले मेरो गोरुको बाह्रै टक्का कसैले भन्न नहुने बताउनुभयो । एक प्रश्नमा उहाँले सरकार परिवर्तन गरेर अहिलेको समस्या समाधान नहुने बताए । तर काँग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै काँग्रेस र जनताले गुनासो गरेको भने महामन्त्री कोइरालाले स्वीकारे ।
 
निर्वाचन गराउन संशोधन आवश्यक 
यसैबीच, नवलपरासीको कावासोतीमा महामन्त्री कोइरालाले २०७४ माघसम्ममा तीनवटै तहको निर्वाचन गराउनुपर्ने भएकाले संविधानमा संशोधन आवश्यक रहेको बताए । 
 
नेपाली काँग्रेस देवचुली नगर समितिले महामन्त्री कोइरालाको सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रम तथा दसैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई आज सम्बोधन गर्दै महामन्त्री कोइरालाले उक्त कुरा बताएका हुन् ।  
 
अहिलेको संविधान कार्यान्वयनको एकमात्रै विकल्प रहेको र यसको कार्यान्वयनका लागि मधेसी जनजातिलगायत सबैको माग सम्बोधन गर्न नेपाली काँग्रेस, एमाले र माओवादी एकठाउँमा उभिनै पर्ने बताए । 
 
सांसद समेत रहेका कोइरालाले स्थानीय निर्वाचन चाँडो गरेर संविधानको कार्यान्वयनतर्फ अघि बढ्न सबै दल एक भएर लाग्न आग्रह गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ