arrow

मन्त्री सिंहको पार्थिव शरीरलाई गृह जिल्ला लगिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
prithvibahadur-singh-died-2080-03-05.jpg

काठमाडौं । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखिएको छ ।

गाडी दुर्घटनामा परेर उनको हिजो मृत्यु भएको थियो । 

धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि आजै सिंहको पार्थिव शरीरलाई गृह जिल्ला बझाङ लगिने छ ।

बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । 

उनको नेपालगन्ज मेडिकल कलेजले मृत घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ