arrow

सदस्यता विवादले पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८० असार ८ शुक्रबार
patrakar-mahasangh-rautahat-branch-strike-2080-03-08.jpg

गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी भएको छ ।  केही महिनाअघि नयाँ सदस्यताका लागि आह्वान गरेको भए पनि सदस्यताका लागि महासंघले माग गरेको आवश्यक पर्ने सम्पूर्ण कागजपत्र दिएको भए पनि सदस्यताबाट बन्चित गरिएको भन्दै कृयाशील पत्रकारहरुले तालाबन्दी गरिदिएका हुन। । 

महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मनोमानी ढंगले कृयाशील भन्दा पनि नातावाद अनुसार नयाँ सदस्यता थपेको आरोप पत्रकार प्रबिण टिबडेवालको छ । 

वर्षौँदेखि निरन्तर समाचार लेखनमा सकृय रहेकालाई पाखा लगाउँदै शुद्धीकरणको नाममा कतिको सदस्यता खोस्ने र कतिलाई मानार्थ सदस्यमा राखिएको महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबिन्द्र साहको आरोप छ । 

अध्यक्षमा निर्वाचित व्यक्तिले पत्रकारको हकहितका बारेमा काम गर्दै जानुपर्ने भए पनि परिवारवाद र राजनीतिक खेलमा परेर अरुको अधिकार खोस्न नमिल्ने भन्दै साहले पत्रकार महासंघ केन्द्रीय समितिले यो तालाबन्दी र आन्दोलन  वास्तविक पत्रकारहरुको हक र अधिकारको लडाइँ भएको बुझ्नुपर्ने उनको तर्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ