arrow

साफ च्याम्पियनशिप फुटबल

नेपाल समूह चरणबाटै बाहिरियो, भारतसँग फेरि पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
saff-championship-nepal-2023.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनशिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । शनिबार राति भएको दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो । 

भारतसँग २–० ले पराजित भएसँगै नेपाल अन्तिम खेलमा पाकिस्तानसँग खेल्नुअघि नै बाहिरिएको हो । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो । 

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेत समान ६ अंक बटुल्दै सेमिफाइनलमा पुगेका छन् । अंकविहीन नेपाल र पाकिस्तान बाहिरिएका छन् । अन्तिम खेलमा नेपाल र पाकिस्तान खेल्नेछन् । 

नेपाल भारत भिडन्त हेड टु हेड
नेपालले अहिलेसम्म समग्रमा २५ पटक भारतको सामना गरेको छ । त्यसमध्ये नेपालले तीन पटकमात्र जित हासिल गरेको छ । चार खेल बराबरीमा सकिएको छ । 

बाँकी १८ खेलमा नेपाल पराजित भएको छ । साफ च्याम्पियनशिपमा भने नेपाल र भारतबीच नौँ पटक भिडन्त भएको छ । जसमा नेपाल एकपटक मात्र विजयी भएको छ । 

बाँकी आठ खेलमा नेपाल पराजित भएको छ । नेपाल भारतसँग उसकै भूमिमा अहिलेसम्म जितविहीन छ । यस्तो नेपाल र भारतबीचको खेल पनि नौँ छ  । त्यसमा २ बराबरी र ७ हार छन्  । 
 

१४ औँ संस्करणको लेखाजोखा

यो संस्करणमा आठ टोली सहभागी रहेका छन् । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका छन् ।  

कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेलेका छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

इतिहास
३० वर्षअघि अर्थात् सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनशिपमा भारतले सबैभन्दा बढी ८ पटक उपाधि जितेको छ । 

माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । 

नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् । 

भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बंगलादेश र अफगानिस्तान २–२ तथा श्रीलंका र नेपाल १–१ पटकका उपविजेता हुन् । 

नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ