arrow

शरणार्थी प्रकरणका फरार अभियुक्त बादल पुत्र प्रतीकको नाम निर्मला हत्याकाण्डमा जोडिँदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
Nirmala-Pant.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट सांसद बनेकी रुपा महर्जनले सामाजिक सञ्जालमा एक सन्देश प्रवाह गर्दा गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म आतंक फैलिएको छ । 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रकरणमा संदिग्ध तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ भन्ने स्टाटसले शनिबार साँझ गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा टेलिफोन आतंक फैलिएको हो । 

विशेषगरी नेकपा माओवादी केन्द्रका नेताहरुले यसलाई बढवा दिइरहेका छन् ।  ‘जोसुकै अपराधी हुन् उम्कन दिन हुन्न । भुटानी शरणार्थी प्रकरणमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणका संदिग्ध तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकोको अवस्थामा अब निर्मला काण्डको पनि गम्भीर छानबीन हुन जरूरी छ  । १३ वर्षिया बालिका निर्मलाले न्याय पाउनु पर्छ । नमिता सुमिता काण्डहरू पनि खोतल्नु पर्छ’, उनले आफ्नो फेसबुक वालमा लेखेकी छिन् । 

यसले बादलका छोरा प्रतीक थापा निर्मला पन्तको हत्यामा संलग्न भएको भन्ने आसय लाग्छ । त्यही कारणले पनि शनिबार साँझ प्रहरी कार्यालय र गृह मन्त्रालयमा कर्मचारीलाई सो विषयमा सोधखोज गर्दा मात्रै जानकारी भएको बताइन्छ ।

 ‘बादलको छोरालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएको छ अन्य विषयमा जानकारी छैन’, गृह मन्त्रालयका एक अधिकारीले भने । 

तर वास्तविकतामा भने बादलका छोराविरुद्ध निर्मला प्रकरणलाई लिएर कुनै पक्राउ पुर्जी जारी भएको छैन । प्रहरी प्रधान कार्यालयले पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको जनाएको छ । त्यस्तै कञ्चनपुर प्रहरीले पनि यो विषयमा जानकारी नभएको जनाएको छ ।

प्रहरीले प्रतीकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा भने अहिलेसम्म पक्राउ गर्न सकेको छैन । उनी फरार सूचीमा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा १२ जना फरार छन् । १८ जना पक्राउ परेकामध्ये दुई जना धरौटीमा रिहा भएका छन् भने बाँकी १६ जना केन्द्रीय कारागारमा छन् । जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड लगायत रहेका छन् । 

यता, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच वर्ष पुगे पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरी असफल भएको छ । 

निर्मला हत्याकाण्ड हुँदा गृहमन्त्री बादल नै रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ