arrow

भरतपुरको बजेट ६ अर्ब ३१ करोड ७९ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
chitwan-mahanagar-2080-03-10.jpg
तस्बिर – महानगरपालिकाको नगर सभा तथा १३ औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख रेनु दाहाल, रासस ।

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०–८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 

यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट ३ करोड रहने बजेटले स्रोतको रुपमा लिएको छ । 

नगरसभाको १३ औँ अधिवेशनमा महानगरपालिका प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ