गोवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई संकेत गर्दे आतंकवादको स्रोत भारतको छिमेकी भएको बताउँदै यसमा विश्वका उग्रवादीहरु पनि जोडिएको बताएका छन् ।
ब्रिक्स सम्मेलनमा आइतबार प्रधानमन्त्री मोदीले आतंकवादले शान्ति, सुरक्षा र विकासमा त्रास उत्पन्न गराएको भन्दै आतंकवादविरुद्ध ब्रिक्स समूहले एकै आवाजमा बोल्नुपर्ने बताए ।
मोदीले भने, ‘हाम्रो पारिस्थितिक समृद्धिको गम्भीर र प्रत्यक्ष त्रास भनेको आतंकवाद हो । यसको स्रोत भारतको छिमेकी हो ।‘ मोदीले ब्रिक्स भनेकै शान्ति र उत्थानको निम्ति भएकाले यसका सदस्य राष्ट्रले सोही मर्म अनुरुप काम गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय पाकिस्तानसँग तनाव बढेसँगै भारतले पटक–पटक पाकिस्तानमाथि आतंकवादीको आरोप लगाउँदै आएको छ ।
सयुक्त राष्ट्रसंघको महासभामा समेत भारतले पाकिस्तानले विश्वमा आतंकवाद फैलाएको आरोप लगाउँदै पाकिस्तानको चर्को आलोचना गरेको थियो । स्वच्छ ऊर्जा, हरियाली र टिकाउ सम्बन्धबारे समेत मोदीले ब्रिक्स सदस्य राष्ट्र सामु प्रस्ताव राखेका छन् ।