arrow

बालेनविरुद्धको अवहेलनाको मुद्दा हेर्न नभ्याइनेमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
balen.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलनाको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलनामा निवेदन दर्ता गरेकी थिइन् । 

आज उक्त निवेदनको सुनुवाइ पेसी न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा परेको थियो । इजलासले उक्त निवेदन हेर्न नभ्याउने हुँदा स्थगित गरेको छ ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरिविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानून र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन,” उनले समाजिक सञ्जालमा लेखेका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् । यो मुद्दाको आजै प्रारम्भिक सुनुवाइ हुने बताइएको भ पनि हेर्न नभ्याइनेमा परेको छ । 

काठमाडौँ महानगरले आज मात्रै आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ