arrow

पूर्व राजा ज्ञानेन्द्रद्वारा कात्तिक ४ गते विराट हिन्दू महासम्मेलनको उद्घाटन हुँदै

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
Gyanendra-shaha.jpg.jpeg
काठमाडौं। विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय समितिको अगुवाईमा आउँदो कात्तिक ४ गते विश्व हिन्दू विराट महासम्मेलन सुरू हुँदैछ । काठमाडौंको बनकालीमा ४ गतेबाट सुरू हुने महासम्मेलनलाई पूर्व राजा ज्ञानेन्द्रले उद्घाटन गर्ने कार्यतालिका रहेको आयोजक समितिले जानकारी दिएको छ । उक्त महासम्मेलन ३ दिन चल्ने छ।
 
यो सम्मेलन यस अघि पनि दुई पटक भईसकेको थियो । जसमा तात्कालीन राजाको हैसियतमा वीरेन्द्र शाहले महासम्मेलनको उद्घाटन गरेका थिए । पहिलो सम्मेलन बीरगञ्जमा र दोस्रो सम्मेलन काठमाडौंकै दशरथ रंगशालामा भईसकेको महासंघको राजाकै हैसियतमा मानेर पूर्व राजा ज्ञानेन्द्रलाई उद्घाटन गराउन लागेको संयोजक भरत केसर सिंहले जानकारी दिए । 
सम्मेलनमा ४४ राष्ट्रका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ भने भारतबाट शंकराचार्य आश्रमका विभिन्न पीठाधीसहरूसँगै भारतीय जनता पार्टीका सांसद् एवं उत्तरप्रदेश सरकारका मुख्यमन्त्रीका दावेदार समेत रहेका आदित्यनाथ योगी समेत आउने तयारी भईरहेको आयोजक समितिले जानकारी दियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ