arrow

वीर अस्पतालको कार्यकारी निर्देशकमा बस्नेत नियुक्त

logo
प्रकाशित २०७३ असोज ३० आइतबार
basnet-de-new.jpeg
काठमाडौं । प्राध्यापक डाक्टर भुपेन्द्रकुमार बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएका छन् । आइतबार प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्यमन्त्री गगन थापाले उपकुलपति डा. गणेश गुरुङको सिफारिसलाई सदर गरेका हुन् । 
 
यसअघि प्राध्यापक डा. बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको निमित्त कार्यकारी निर्देशक थिए । नियुक्त भएपछि बस्नेतले हाम्राकुरासंग कुरा गर्दै भने, ‘अब वीर अस्पताललाई स्तरीय बनाउन कुनै कसर बाँकी राखिँदैन । अब वीर सबैको आशा र भरोसाको केन्द्र विन्दु हुनेछ ।’ यो त गरिबहरुको उपचारका लागि बनेको भन्ने गरिन्छ ? जवाफमा बस्नेतले भने, ‘त्यसो होइन । हिजो के थियो भन्दा पनि अब के बनाउने भन्ने कुरा महत्वपूर्ण हो । मेरो र मन्त्री ज्यूको एउटै अठोट के हो भने यो अस्पतालले धनी वा गरिब होइन सबै नेपालीको गुणस्तरीय उपचार गर्न सक्ने छ । र यही नै एक मात्र भरोसाको केन्द्र हुनेछ ।’
 
बस्नेतको कार्यकाल दुई वर्षको हुने छ । मोरङको पथरी –१ घर भएका बस्नेतले मंगलबारेमा रहेको सुनपकुवा माध्यामिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तिर्ण गरेका थिए ।  प्राध्यापक डा. बस्नेतले बंगलादेशबाट एमबीबीएस गरे भने आइओएम महाराजगन्जबाट ‘इन्टरनल मेडिसिन २००३’ मा एमडी गरे । 
 
न्याम्सको मेडिसिन विभागका प्राध्यापक समेत रहेका बस्नेतले न्याम्सबाटै ‘ग्यास्ट्रो इन्ट्रोलोजी २००४’मा डीएम गरे । बस्नेत गएको साउन २१ गते मात्रै निमित्त कार्यकारी निर्देशक भएका थिए । लामो समयदेखि वीरमै काम गरेका बस्नेत केही समय झापा गएपनि २०६४ देखि वीरमै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ