arrow

प्रतिनिधि सभाको बैठकमा आज पनि मन्त्रीहरूले जवाफ दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेदेखि बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा बिनियोजन (बजेट) विधेयकमाथि उठेका प्रश्रको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद सचिवालयले जनाएको छ ।   

जसअनुसार मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

 प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए ।

आइतबारदेखि नै मन्त्रीहरुले जवाफ दिने क्रम जारी रहेको छ । 
 



नयाँ