arrow

सान्त्वना जितका लागि नेपाल र पाकिस्तानबीच भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
saff-nepal-pakistan-.jpg

काठमाडौँ । भारतको बेंगलोरमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । समूह चरणबाटै बाहिरिइसकेका दुवै टिमका लागि यो खेल प्रतिष्ठाको लडाइ सरह रहेको छ । 

दिउँसो ३ः४५ बजेबाट बेंगलोरस्थित कान्तिराव स्टेडियममा खेल शुरु हुनेछ । यसअघिका दुवै खेलमा दुवै टिम पराजित भएका थिए । नेपाल र पाकिस्तान रहेको समूहबाट दुवै खेल जितेर भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् । 

समूह विजेता र उपविजेताका लागि आज दुवै टिम बेलुका ७ः४५ बजे भिड्दै छन् । 

यसअघि नेपाल भारतसँग भारतसँग २–० ले र कुवेतसँग ३–१ ले पराजित भएको थियो । 

१४ औँ संस्करणको लेखाजोखा
यो संस्करणमा आठ टोली सहभागी रहेका छन् । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका छन् ।  

कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेलेका छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

इतिहास
३० वर्षअघि अर्थात् सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनशिपमा भारतले सबैभन्दा बढी ८ पटक उपाधि जितेको छ । 

माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । 

नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् । 

भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बंगलादेश र अफगानिस्तान २–२ तथा श्रीलंका र नेपाल १–१ पटकका उपविजेता हुन् । 

नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ