arrow

साफ च्याम्पियनशिपमा नेपालको सान्त्वना जित, पाकिस्तान पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
saff-nepal-pakistan-2023-06-27.jpg
तस्बिर – एन्फा ।

काठमाडौँ । भारतको बेंगलोरमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले पाकिस्तानलाई पराजित गरेको हो । 

बेंगलोरस्थित कान्तिराव स्टेडियममा भएको खेलमा नेपालले १–० ले पराजित गरेको हो । खेलको ८० औँ मिनेटमा आशिष चौधरीले निर्णायक गोल गरे । 

चौधरीको यो डेब्यु गोल हो । 

दुवै टिमले डेढ दर्जन गोल गर्ने अवसर खेर फालेका थिए । यसअघिका दुवै खेलमा दुवै टिम पराजित भएका थिए । नेपाल र पाकिस्तान रहेको समूहबाट दुवै खेल जितेर भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् । 

यसअघि नेपाल भारतसँग २–० ले र कुवेतसँग ३–१ ले पराजित भएको थियो । 

१४ औँ संस्करणको लेखाजोखा
यो संस्करणमा आठ टोली सहभागी रहेका छन् । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका छन् ।  

कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेलेका छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

इतिहास
३० वर्षअघि अर्थात् सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनशिपमा भारतले सबैभन्दा बढी ८ पटक उपाधि जितेको छ । 

माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । 

नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् । 

भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बंगलादेश र अफगानिस्तान २–२ तथा श्रीलंका र नेपाल १–१ पटकका उपविजेता हुन् । 

नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ