arrow

अक्टोबर १५ मा भारत-पाकिस्तान आमनेसामने, सात वर्षपछि मोदी स्टेडियममा क्रिकेटमा भिड्दै

भारतीय भूमिमा सात वर्षपछि पाकिस्तानीले क्रिकेट खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
india-pakistan-hardik-pandya.jpg

काठमाडौं । भारतीय भूमिमा पाकिस्तानी क्रिकेट टोलीले सात वर्षपछि क्रिकेट खेल्ने भएको छ । 

आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल भारतको अहमदाबादमा हुने पक्का भएको हो ।

भारत-पाकिस्तान बीच आइतबार अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल हुनेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अक्टोबर ५ बाट सुरु हुने ५० ओभरको ढाँचाको प्रतियोगिताको मंगलबार तालिका सार्वजनिक गरेको छ ।

भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।

पुरुष विश्वकपमा दुई पक्षबीचको यो आठौँ खेल हुनेछ। भारत र पाकिस्तान यसअघि सन् १९९२, १९९६, १९९९, २००३, २०११, २०१५ र २०१९ गरी सात पटक आमनेसामने भएका छन् ।

भारतले अघिल्ला सात खेलहरू आफ्नो पोल्टामा पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ